नेकपा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सबै नेताहरु पुग्दा किन पुगेनन् माधब नेपाल ?

सेयर गर्नुहोस्

१० बैशाख, काठमाडौं । नेकपा स्थापनाको अवसरमा हीरक महोत्सवमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोहमा कम्युनिष्ट पार्टीका सबै नेताहरु उपस्थित हँदा नेकपा एकिकृत समाजबादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल भने पुगेका छैनन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो ।

समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा उपस्थित छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी छन् । नेकपा एसका अध्यक्ष माधव नेपाल भने गएनन् । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *