नेपालका कम्युनिष्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारण खोज्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

सेयर गर्नुहोस्

१० वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताएकी छन् । सोमबार नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पूर्वराष्ट्रपति भण्डारीले कम्युनिष्ट पार्टी विभाजनको समीक्षा गर्नुपर्ने बताएकी हुन् । नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ’, उनले भनिन् ।

उनले राष्ट्रका महत्वपूर्ण विषयमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाउनुपर्ने पनि बताइन् । छिमेकी मुलुकहरु भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको सुझाव छ । ‘यी दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्छ’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *