कतारका राजा र नेपालका प्रधानमन्त्री बिच भेटवार्ता

सेयर गर्नुहोस्

१२ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो । यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । 

त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए । कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *