‘इट्स माई शो’ विवादमा कलाकार संघले भन्यो : स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति अमर्यादित

सेयर गर्नुहोस्

१२ असार, काठमाडौं । कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई नेपाल कलाकार संघले आपत्ति जनाएको छ । कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको संघको ठहर छ ।

संघका अध्यक्ष मोहन निरौलाले बुधबार एक विज्ञप्ति जारी गर्दै संघले सार्वजनिक कार्यक्रममार्फत् अरूको अपहेलना गर्नु न्यायसगत नठहर्ने भनेको छ । सामाजिक मर्यादा विपरीत अनुशासनविपरीत आचारसंहिता पालन नगरी अभिव्यक्ति दिएकोमा ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति मार्फत सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *