मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर मैले संबिधान बचाइएको हुँ : प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस्

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवातिर संकेत गर्दै , ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ नसिकाउन अनुरोध गरेका छन् ।’

उनले भनेका छन् म ती साथीहरुलाई यति भन्न चाहन्छु, यो संविधानको माओवादी केन्द्रको सबभन्दा ठूलो लगानी छ । त्यसले यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन दिने पनि छैन,’ प्रचण्डले भने । उनले आक्रोशपूर्वक भने, ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर बचाइएको हो, आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *