नेपाली सेनाको अधिकृत पदमा खुल्यो भर्ना

सेयर गर्नुहोस्

७ भदौ, काठमाडौं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।

खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ । यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छ्ट्याइएको छ ।

नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेस्मम दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *