आगामी मंसिरमा हुने उपनिर्वाचन हाम्रो पार्टीको लागी ठुलो परिक्षा हो : माधव कुमार नेपाल

सेयर गर्नुहोस्

९ भदौ,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा पार्टीको परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका छन् । नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी २०८४ को निर्वाचनलाई समेत ध्यान दिएर जित्ने ठाउँमा फरक रणनीति अपनाउनुपर्ने बताए ।

नेपालले भने, सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मुल्यांकन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।

नेपालले पार्टीमा अनुशासनहीनता र अराजकता बढेको भन्दै संक्रमणकाल भएका कारण कारबाही गर्न नसकेर निरीह बन्नुपरेको बताए । तत्कालीन केन्द्रीय कमिटीकै सदस्यहरुले पार्टीको निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट दिन नगएको समेत बताए । तत्कालीन केन्द्रीय सदस्यहरुमध्ये एक सयजनाले भोट नहालेको सूचनासमेत आएको नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *