जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ

सेयर गर्नुहोस्

२७ भदौ, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् । अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेको थियो । यसबारे अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *