क्यानडा सिरिजका चारै खेलमा बिजयी

सेयर गर्नुहोस्

११ असोज, काठमाडौ‌ं गएराती सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले घरेलु मैदानमा खेलेको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ ।

ओमानले दिएको १९९ रनको लक्ष्य पछाएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

यो जितपछि क्यानडाले लिग-२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानले भने लिग- २ मा चौथो हार बेहोरेको छ । ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *