सुकिला नोट सटही गर्न पाइने

सेयर गर्नुहोस्

 १३ असोज,काठमाडौं– दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि असोज २२ गतेसम्म सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला नोट साट्न पाइने छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र सबै प्रदेशका कार्यालयहरूमा साट्न पाइने जनाइएको छ ।साथै, सबै बैंक तथा वित्तीय कार्यालयहरूमा पनि नोट साट्न पाइने व्यवस्था मिलाइएकाले पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *