२ कार्तिक,काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँगको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो ।
गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको थियो । बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाइएको छ ।
प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमार्फत ५ दिनको म्याद थप मागेको छ ।