लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सेयर गर्नुहोस्

४ कार्तिक,काठमाडौं- सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो।अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले सेतोपाटीलाई जानकारी दिए।गत शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *