रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई लखेट्ने र पिट्ने गरेको सहकारी पीडितहरुको आरोप

सेयर गर्नुहोस्

७ कात्तिक, काठमाडौं- पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बचतकर्ताको घर घरमा पुगेर भड्काउने कार्य गरेको जनाएको छ ।

संघर्ष समितिले अनुसन्धानलाई प्रभाव पार्ने कार्यक्रम दिनँहु गरिएको र रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई लखेट्ने र पिट्ने कार्य गरेको बुधबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भएपनि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै संघर्ष समितिले बचतकर्तालाई न्याय दिने कार्यमा नलागि सभापति रवि लामिछाने बचाउमा लागेको विज्ञप्ति मार्फत जनाएको छ ।

रास्वपाका नेता र कार्यकर्ताले पोखराको शान्त बातावरणलाई विथोलेको संघर्ष समितिले विज्ञप्तिमा उल्लेख गरेको छ । बचतकर्ता बिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषण साथै टोल टोल र घर घरमा पुगि पीडित बचतकर्तालाई भड्काउने कार्य गरिएको प्रति आपत्ति जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *