रास्वपा लक्षित देउवाको अभिव्यक्ति;मुद्दा लाग्ने नलाग्ने कुरा अदालती विषय हो आन्दोलन गर्न जरुरी छैन

सेयर गर्नुहोस्

२५ कार्तिक,काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्न जरुरी नभएको बताएका छन् ।आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताए ।

उनले मुद्दा लागेको कुरा अदालती विषय भएको भन्दै कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला नगरेको उल्लेख गरे ।उनले भने ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो–हल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’देउवाले पूर्वसहमतिअनुसार कांग्रेस– एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *