मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछ।
पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। २/२ खेल खेल्दा सुदूरपश्चिम र विराटनगर ४र४ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। कर्णालीले २ अंक जोडेको छ भने एक खेलमात्र खेलेको जनकपुर अंकविहीन छ।
गत संस्करण उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच प्रतिस्पर्धा भएको थियो। जसमा जनकपुर ८ विकेटले विजयी भएको थियो । यसैगरी पहिलो संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो।
मंसिर १ गतेदेखि सुरु भएर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा ३२ खेल हुने कार्यतालिका छ। एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्टस, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरेर ८ फ्रेन्चाइज टोली छन्। पहिलो संस्करणमा जनकपुर बिजेता र सुदूरपश्चिम उपविजेता बनेको थियो।