आरएसडिसी लघुवित्तले घोषणा गर्‍यो ९.४० प्रतिशत नगद लाभांश

02 November, 2026 106 Views
आरएसडिसी लघुवित्तले घोषणा गर्‍यो ९.४० प्रतिशत नगद लाभांश
106
 

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कात्तिक १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा करसहित ९.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

 

Related Post