अमेरिकी मध्यावधि निर्वाचनअघि ट्रम्पद्वारा ‘कम्युनिस्ट खतरा’ को नारा तीव्र

12 July, 2026 310 Views
अमेरिकी मध्यावधि निर्वाचनअघि ट्रम्पद्वारा ‘कम्युनिस्ट खतरा’ को नारा तीव्र
310
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै ‘कम्युनिस्ट खतरा’ को मुद्दालाई मुख्य राजनीतिक हतियार बनाएका छन्। जुलाई ४ को अमेरिकी स्वतन्त्रता दिवसका अवसरमा माउन्ट रसमोरमा आयोजित ऐतिहासिक समारोहमा सम्बोधन गर्दै ट्रम्पले कम्युनिस्ट विचारधारा अमेरिकी स्वतन्त्रता र संविधानका लागि 'सबैभन्दा घातक खतरा' भएको दाबी गरे।
 रोयटर्स को एक तथ्याङ्कीय विश्लेषणअनुसार ट्रम्पले पछिल्ला दुई हप्तामा मात्रै ८० पटकभन्दा बढी 'कम्युनिस्ट' शब्दको प्रयोग गर्दै भर्खरै प्राथमिक (प्राइमरी) चुनाव जितेका प्रगतिशील डेमोक्र्याट उम्मेदवारहरूलाई 'कट्टर र ईश्वरविहीन कम्युनिस्ट' को संज्ञा दिएका छन्।
 उनले कडा आप्रवासन नीतिको वकालत गर्दै बामपन्थी राजनीतिक विचारधारा राख्ने वा त्यसलाई समर्थन गर्ने विदेशीहरूलाई देश निकाला गर्नुपर्ने संकेतसमेत गरेका छन्।
राजनीतिक विश्लेषक र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले यो उग्र रणनीति जनमतलाई आफ्नो पक्षमा पार्न र अनुदारवादी कोर मतदाताहरूलाई उत्साहित बनाउन अपनाएका हुन्। बढ्दो बजार महँगी, आर्थिक दबाब र इरानसँगको भूराजनीतिक तनाव जस्ता आन्तरिक चुनौतीहरूबाट जनताको ध्यान मोड्नका लागि ट्रम्पले कम्युनिस्टहरूलाई नयाँ 'भयको पात्र' (Boogeyman) का रूपमा उभ्याएका हुन्। 
अमेरिकी युवा पुस्तामा प्रगतिशील सामाजिक नीति तथा समाजवादप्रति आकर्षण बढिरहेका बेला, ट्रम्पले खास गरी वृद्ध मतदाताहरूलाई मतदान केन्द्रसम्म तान्न पुरानो शीतयुद्धकालीन 'रेड स्केयर' शैलीको डरको राजनीति गरिरहेको विश्लेषण  गरिएको छ।

Related Post