'अनुचित' च्याट भाइरल भएपछि अस्ट्रेलियाबाट बोले सुजन चापागाईं, अकाउन्ट दुरुपयोग भएको दाबी गर्दै मागे माफी

29 June, 2026 84 Views
'अनुचित' च्याट भाइरल भएपछि अस्ट्रेलियाबाट बोले सुजन चापागाईं, अकाउन्ट दुरुपयोग भएको दाबी गर्दै मागे माफी
84
काठमाडौँ । सामाजिक सञ्जालमा युवती तथा नाबालिगिकाहरूसित इन्स्टाग्रामको 'भ्यानिस मोड' प्रयोग गरी आपत्तिजनक र अनुचित कुराकानी गरेका स्क्रिनसटहरू भाइरल भएपछि विवादमा तानिएका चर्चित गायक सुजन चापागाईले आफ्नो आधिकारिक प्रतिवाद सार्वजनिक गरेका छन् ।
 हाल आफ्नो ब्यान्ड 'सुजन चापागाई एन्ड दि इन्फिनिटी' को साङ्गीतिक टुरका क्रममा अस्ट्रेलियामा रहेका गायक चापागाईले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति जारी गर्दै भाइरल भएका सबै सामग्रीहरू आफ्ना नभएको दाबी गरेका हुन् ।
यद्यपि, उनले विगतमा आफूले निकट ठानेका केही साथीहरूसँग सामान्य सन्देशहरू आदानप्रदान गरेको स्वीकार गर्दै त्यसबाट सिर्जित दुःखद परिस्थिति र शुभेच्छुकहरूमा पर्न गएको आघातप्रति अन्तरहृदयदेखि माफी मागेका छन् ।
गायक चापागाईले आफ्नो बचाउ गर्दै सामाजिक सञ्जालका खाताहरू आफूबाहेक विभिन्न कालखण्डमा 'सोसल मिडिया म्यानेजर'हरूले समेत व्यवस्थापन गर्ने गरेको र सोही क्रममा एकाउन्ट दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान व्यक्त गरेका छन् ।
 साथै आफ्नो नाममा थुप्रै फेक अकाउन्टहरू सक्रिय रहेको भन्दै उनले यी अनैतिक हर्कत विरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् नेपालखबर। अस्ट्रेलियाको साङ्गीतिक यात्रा सकिएलगत्तै नेपाल फर्किएर यस विषयमा साइबर ब्युरो मार्फत कानुनी उपचार खोज्ने र आगामी दिनमा सामाजिक सञ्जाल प्रयोगबारे गम्भीर आत्मसमीक्षा गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् उज्यालो नेपाल

Related Post