103
असोज, काठमाडौं । श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारका अनेक काण्ड बाहिर आउन थालेपछि उनको शपथग्रहण नहुने भएको छ ।
सुनारको नाम हटाइएको जानकारी दिन प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।
उनका विभिन्न ठगी,साइबर अपराध,यौन दुर्व्यवहार र पटके कसूरका केसहरू सप्रमाण बाहिर आएपछि प्रधानमन्त्री कार्कीले आन्तरिक छलफल गरेकी थिइन् ।