63
काठमाडौं । ताइवानमा रहेका नेपालीहरूले भोटेकोशी हिमबाढी प्रभावितको राहत तथा उद्धारका लागि ३२ लाख ४ हजार ४६५ रुपैयाँ सहयोग गरेका छन्।
नेपाल ताइवान संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संघले बिहीबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको प्रतीकात्मक चेक हस्तान्तरण गरेको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले चेक हस्तान्तरण गरेका हुन्।
यसैबीच, संघले ताइवानमा बसोबास गर्ने नेपाली नागरिकले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ।