अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

18 August, 2026 55 Views
अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता
55

काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल, मार्केटप्लेसलगायत डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको हो।

विद्युतीय व्यापार ऐन, २०८१ तथा निर्देशिका, २०८२ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ।

विभागका अनुसार कम्प्युटर, मोबाइल वा अन्य विद्युतीय उपकरणमार्फत वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट तथा सामाजिक सञ्जालका मार्केटप्लेसबाट कारोबार गर्ने सबै व्यवसायी यस व्यवस्थाअन्तर्गत पर्छन्।

अनलाइन कारोबारमा उपभोक्ता ठगी तथा गुनासो बढ्दै गएपछि डिजिटल व्यापारलाई पारदर्शी, व्यवस्थित र नियमन गर्न सरकारले दर्ता प्रक्रियामा कडाइ गर्न थालेको विभागले जनाएको छ।

Related Post