असईलाई दोस्रो पत्नी बनाएको आरोपमा डीएसपी पक्राउ

10 December, 2025 220 Views
असईलाई दोस्रो पत्नी बनाएको आरोपमा डीएसपी पक्राउ
220

मंसिर, रुपन्देही । नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् ।

Related Post