नागढुंगाबाट खैरो हेरोइनजस्तो पदार्थसहित २९ वर्षीय युवा पक्राउ

25 October, 2026 74 Views
नागढुंगाबाट खैरो हेरोइनजस्तो पदार्थसहित २९ वर्षीय युवा पक्राउ
74
 

 

काठमाडौं । काठमाडौंको नागढुंगाबाट खैरो हेरोइनजस्तो देखिने १४.२८ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय युवराज लामा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा शनिबार गरिएको जाँचका क्रममा लामाको साथबाट उक्त पदार्थ बरामद भएको हो ।

प्रहरी वृत्त थानकोट र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार लामालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Related Post