दसैँको टीका र आशीर्वाद थाप्नेको चहलपहल बढ्यो, काठमाडौं फर्किन थाले सर्वसाधारण

25 October, 2026 65 Views
दसैँको टीका र आशीर्वाद थाप्नेको चहलपहल बढ्यो, काठमाडौं फर्किन थाले सर्वसाधारण
65

काठमाडौं । दसैँको टीका थाप्ने र मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहँदा आइतबार काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । कोजाग्रत पूर्णिमाको अवसरमा आफन्त तथा मान्यजनकहाँ टीका लगाउन जानेहरूको आवागमन सडकमा देखिएको छ ।

विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ । दसैँको नवरात्रभर नवदुर्गाको पूजाआराधना गरेपछि विजयादशमीका दिन देवी विसर्जन गरी टीका र जमरा लगाएर आशीर्वाद लिने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।

कोजाग्रत पूर्णिमासँगै दसैँ पर्व औपचारिक रूपमा समापन हुने भएकाले यस दिनलाई दसैँको अन्तिम दिनका रूपमा पनि लिइन्छ ।

यसैबीच, दसैँ मनाउन काठमाडौं उपत्यकाबाट गाउँघर गएका सर्वसाधारण फर्किन थालेपछि सडक तथा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्न थालेको छ । दसैँका कारण केही दिन सुनसान देखिएका बजार र सडकमा पनि क्रमशः चहलपहल बढ्दै गएको छ ।

Related Post