अस्करका लागि नेपालबाट ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट

अस्करका लागि नेपालबाट ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट
4

काठमाडौं । सन् २०२७ मा हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।

अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि नेपालबाट प्राप्त दुई चलचित्रमध्ये ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ लाई छनोट समितिले नेपालको तर्फबाट प्रतिस्पर्धाका लागि सिफारिस गरेको हो।

अस्करका लागि ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ ले आवेदन दिएका थिए। समितिले दुवै चलचित्रलाई एकेडेमीको मापदण्डअनुसार मूल्यांकन गरेको थियो।

प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष र कलात्मक शिल्पलगायत आधारमा गरिएको मूल्यांकनपछि ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट गरिएको समितिले जनाएको छ।

Related Post