अत्यधिक चापका कारण सिरहामा बिहान ७ बजेबाटै राष्ट्रिय परिचयपत्र बनाउने सेवा

08 October, 2025 63 Views
अत्यधिक चापका कारण सिरहामा बिहान ७ बजेबाटै राष्ट्रिय परिचयपत्र बनाउने सेवा
63

 असोज, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान ७:०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ ।

दशैंको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि संख्या ह्वात्तै बढेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार हाल दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । दसैँअघिको तुलनामा यो संख्या दोब्बर हो ।

‘सेवाग्राहीको सहजताका लागि सेवा समय परिवर्तन गरिएको हो’, बरालले भने । उनका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो समयतालिका लागू हुनेछ ।

Related Post