बिभिन्न स्थानमा हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले गर्यो उद्धार

29 October, 2025 127 Views
बिभिन्न स्थानमा हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले गर्यो उद्धार
127

कात्तिक, काठमाडौं । हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । 

भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार  गरिएको सैनिक मुख्यालयले बताएको छ । मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ । 

Related Post