बुढीगण्डकीको बाढीले आरुघाटका घरबस्ती डुबानमा, जनजीवन प्रभावित

11 October, 2026 148 Views
बुढीगण्डकीको बाढीले आरुघाटका घरबस्ती डुबानमा, जनजीवन प्रभावित
148

 

गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने पुल बगाएको छ भने नदी तटीय बस्तीहरू उच्च जोखिममा परेका छन्।

आइतबार बिहान आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित पुलको गोरखातर्फको भाग बगाएको हो। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित पुलसमेत बगाएको छ। शान्ति बजारसहित नदी किनारका बस्तीमा पनि डुबान र कटानको जोखिम बढेको छ।

बाढीले उत्तरी गोरखाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिकाबाट ६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले बुढीगण्डकी र त्रिशूली नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदीको बहाव तीव्र रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरिएको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

Related Post