84
गोरखा । बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा उत्तरी गोरखाका विभिन्न बस्तीमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार जगत, सल्लेरी र घट्टेखोला क्षेत्रमा करिब ३५ देखि ४० घर बगेका छन्।
नेपाली सेनाले ४ वटा हेलिकोप्टर परिचालन गरी ३६ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १ शिशु र १ विदेशी नागरिकसमेत छन्।
बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुल, झोलुङ्गे पुल तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी छ।