बूढीगण्डकीमा बाढीको वितण्डा : सेनाका ४ हेलिकोप्टरबाट ३६ जनाको उद्धार

11 October, 2026 144 Views
बूढीगण्डकीमा बाढीको वितण्डा : सेनाका ४ हेलिकोप्टरबाट ३६ जनाको उद्धार
144
 

 

गोरखा । बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा रहेका ३६ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाले ४ वटा हेलिकोप्टर र स्थलमार्गबाट टोली परिचालन गरी उनीहरूको उद्धार गरेको हो।

सेनाका अनुसार जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको छ। यारुबाट उद्धार गरिएकामध्ये १ शिशु र १ विदेशी नागरिकसमेत रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

Related Post