बूढीगण्डकीमा खतरा तहभन्दा माथि बाढी, चितवन र नवलपरासीमा सतर्कता अपनाउन आग्रह

11 October, 2026 84 Views
बूढीगण्डकीमा खतरा तहभन्दा माथि बाढी, चितवन र नवलपरासीमा सतर्कता अपनाउन आग्रह
84

काठमाडौँ । बूढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बूढीगण्डकी नदीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले तटीय क्षेत्रमा जोखिम कायमै छ ।

महाशाखाले सूचना जारी गर्दै त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेकाले सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ । त्यस्तै, मुग्लिनसम्म उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी, चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ ।

Related Post