बाढीपीडितका लागि अमेरिकाको ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

30 August, 2026 12 Views
बाढीपीडितका लागि अमेरिकाको ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा
12

काठमाडौं । अमेरिकाले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सहायता घोषणा गर्दै विपद्को यस कठिन घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको हो।

अमेरिकी सहयोगअन्तर्गत बाढी प्रभावित १० हजार घरपरिवारलाई तीन महिनासम्म पुग्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ। बाढीका कारण खाद्य संकटमा परेका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त सहायता परिचालन गरिने मन्त्रालयले जनाएको छ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले नेपालमा रहेका अमेरिकी नागरिकको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको स्पष्ट पारेको छ।

नेपालमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला अमेरिकाले घोषणा गरेको यो सहयोगलाई प्रभावित परिवारका लागि तत्काल राहतको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Related Post