बाढीपीडितका लागि नेकपा सांसदले १५ दिनको तलब दिने

बाढीपीडितका लागि नेकपा सांसदले १५ दिनको तलब दिने
67

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसदहरूले आफ्नो १५ दिनको पारिश्रमिक दिने भएका छन् ।

नेकपाका संघीय सांसद तथा उनीहरूका स्वकीय सचिवालयबाट १५ दिनको तलब कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् ।

संघीय सांसदबाहेक सातै प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिबाट समेत रकम संकलन गरी एकमुष्ट रूपमा राहत कोषमा जम्मा गरिने दुलालले बताएका छन् ।

नेकपाका संघीय संसद्का दुवै सदनमा ३४ सांसद छन् । पार्टीले यसअघि नै भोटेकोशी बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।

यसैबीच, नेकपा एमालेका सांसदहरूले पनि बाढीपीडितका लागि आफ्नो १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

Related Post