बाढीपहिरोका मृतकको शोकमा भदौ २२ गते राष्ट्रिय शोक

बाढीपहिरोका मृतकको शोकमा भदौ २२ गते राष्ट्रिय शोक
17

काठमाडौँ। बाढीपहिरोमा ज्यान गुमाएका नागरिकको शोकमा सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

 

विशेषगरी रसुवा बाढीमा मृत्यु भएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक घोषणा गरिएको हो।

 

राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालयदेखि विदेशस्थित नेपाली नियोगसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

 

सरकारले यो निर्णयमार्फत प्राकृतिक विपत्तिमा ज्यान गुमाउने नागरिकप्रति राष्ट्रिय सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने जनाएको छ।

Related Post