काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ।
आजभन्दा अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ थियो। तर गत सोमबारको तुलनामा भने आज सुनको मूल्य ४ हजार ५ सय रुपैयाँ कम रहेको महासंघले जनाएको छ।