भोटेकोशी बाढीमा १ हजार ३५५ शव फेला, ४ हजार ९९६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा १ हजार ३५५ शव फेला, ४ हजार ९९६ सम्पर्कविहीन
61

काठमाडौं, भदौ २३ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ। अझै ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये हालसम्म ९८ जनाको सनाखत भएको छ। सनाखत भएका शव परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ।

बाढीमा बगेर आएका शव आठ जिल्लामा फेला परेका छन्। नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, चितवनमा १६३, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव भेटिएका छन्।

सम्पर्कविहीन हुनेमा नुवाकोटका करिब २ हजार ३४०, रसुवाका १ हजार ९६७, विदेशी नागरिक ५८९ तथा सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना रहेको विवरण छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई तीव्रता दिइएको जनाएको छ। हालसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ।

Related Post