भोटेकोशी बाढीपछि बेपत्ता भन्सार अधिकृत शर्मा गोरखामा मृत फेला

भोटेकोशी बाढीपछि बेपत्ता भन्सार अधिकृत शर्मा गोरखामा मृत फेला
75

काठमाडौं । रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्। भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखास्थित त्रिशूली नदीको किनारमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा शर्माको शव फेला परेको हो।

हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा टिमुरे भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए। उनको शवको पोस्टमार्टमपछि परिवारले बुझेका छन्।

गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

Related Post