भोटेकोशी बाढीपछि पुनर्निर्माणमा नेपाललाई सघाउने कोरियाको प्रतिबद्धता

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा नेपाललाई सघाउने कोरियाको प्रतिबद्धता
6

काठमाडौं । दक्षिण कोरियाले भोटेकोशी बाढीपछि नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच बाढीपछिको खोज, उद्धार, राहत र पुनर्निर्माणबारे छलफल भएको हो।

मन्त्री खनालले विपद् राहत टोली पठाएकोमा कोरिया सरकारलाई धन्यवाद दिँदै विपद् प्रतिरोधी पूर्वाधार निर्माणका लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

जवाफमा मन्त्री ह्युनले पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया तयार रहेको बताए। साथै, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन कोरियाले आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

Related Post