११ बजेको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन,

08 June, 2026 110 Views
११ बजेको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन,
110

काठमाडौँ२४ जेठ २०८३सोमबार बिहान ११:०० बजेका लागि बोलाइएको संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्ति र संसद् अवरोधको शृङ्खलाका कारण संसद् बैठक अन्योलमा परेको हो।

बजेटमाथिको महत्त्वपूर्ण छलफल सुरु गर्ने कार्यसूची रहे पनि शीर्ष नेताहरूबिच सहमति जुट्न नसक्दा बैठक समयमै बस्न नसकेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार निर्धारित समयभन्दा दुई घण्टाभित्र पनि बैठक सुरु हुन नसकेमा सभामुखले उक्त बैठक स्थगित गर्नुपर्ने कानुनी प्रावधान छ। सोही नियमका कारण यदि दिउँसो १:०० बजेसम्म पनि राजनीतिक दलहरूबिच सहमति नजुटेमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजको बैठक स्थगन भएको सूचना जारी गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।

संसद् बैठक लगातार ढिलो हुने र कार्यसूचीमा प्रवेश नै नगरी बन्धक बन्ने अवस्था आएपछि सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै तीव्र असन्तुष्टि जनाएका छन्।

बैठक कक्षबाहिर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै रास्वपाका केही सांसदहरूले भनेका छन् "जनताका मुद्दा र बजेटमाथि छलफल गर्न आएका सांसदहरूलाई घण्टौँ कुराएर संसद्‌लाई अनिर्णयको बन्दी बनाइनु दुःखद हो। सरकार र प्रतिपक्ष दुवै जिम्मेवार बन्नुपर्छ।"

रास्वपा सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले संसद्को गतिरोध अन्त्य गर्न आजै बिहान सर्वदलीय बैठक बोलाएका थिए।तरप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षीहरूले प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्ने अडान नछोडेपछि ११ बजेको बैठक प्रभावित भएको हो

जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि आजदेखि सामान्य छलफल सुरु हुने कार्यसूची तय भएको थियोतरराजनीतिक दाउपेचका कारण बजेटजस्तो संवेदनशील विषयमाथि छलफल नै सुरु हुन नसक्दा आम नागरिक र सरोकारवालाहरूमा निराशा छाएको छ।

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेकाले केही समयभित्रै निकास निस्कने वा बैठक स्थगित हुने टुङ्गो लाग्ने संसद् सचिवालयका एक अधिकारीले बताए।

Related Post