बाजुरामा बस दुर्घटना, २३ यात्रु घाइते

21 June, 2026 14 Views
बाजुरामा बस दुर्घटना, २३ यात्रु घाइते
14

बाजुरा, असार ७ – बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख १३५५ नम्बरको बस अचानक ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल उद्धार कार्यमा खटिएको थियो। दुर्घटनामा घाइते भएका सबै यात्रुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरू उपचारपछि स्वास्थ्य लाभ गरिरहेका छन्। दुर्घटनाको कारण बसको ब्रेक प्रणालीमा आएको खराबी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनापछि केही समय राजमार्गमा यातायात प्रभावित भए पनि अहिले सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Post