दुई महिनामै साढे ४ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, भदौमा मात्रै २ खर्ब २१ अर्ब

15 October, 2026 196 Views
दुई महिनामै साढे ४ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, भदौमा मात्रै २ खर्ब २१ अर्ब
196

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स बढ्ने क्रम जारी छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। यो साउनको तुलनामा करिब ६ अर्ब रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको छ। अमेरिकी डलरमा पनि रेमिट्यान्स १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ।

यता, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७८ हजार ३२० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् भने ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

Related Post