219
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य १९० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।