63
काठमाडौँ । शेयर बजारमा नेप्सेको उकालो यात्रा पाँचौँ कारोबार दिन पनि जारी रहेको छ। बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६२५.८२ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम पनि बढेर ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँ नाघेको छ। कुल ३४९ स्टकका १ करोड ३६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदा वित्त उपसमूह सर्वाधिक १.०३ प्रतिशतले बढेको छ। १३ उपसमूहमध्ये नौवटामा वृद्धि देखिएको छ भने चारवटा घटेका छन्।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ।