बाल मन्दिर जग्गा प्रकरणमा ३ जना पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

09 July, 2026 137 Views
बाल मन्दिर जग्गा प्रकरणमा ३ जना पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र
137

२५ असार, काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा तीन जनालाई नियन्त्रणमा लिएको हो। सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले पक्राउको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं। उहाँहरूमाथि अनुसन्धान अघि बढाइएको छ,’ एसएसपी जबराले भने।

हाल पक्राउ परेका व्यक्तिहरूको परिचय भने सार्वजनिक गरिएको छैन। उनीहरूमाथि बाल मन्दिरको जग्गा भाडामा दिने प्रक्रियासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा अनियमित रूपमा निजी प्रयोजनका लागि भाडामा दिइएको आरोप लामो समयदेखि उठ्दै आएको छ। यही विषयमा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।

Related Post