121
कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने च्याप्टर क्लोज भएको छ । उनले मध्यरातमा अश्लील अङ्ग्रेजी शब्द प्रयोग गर्दै रास्वपासहित विभिन्न राजनीतिक दल र छिमेकी देख चीन, भारतसँगै अमेरिकालाई पनि गालीगलौज गरेसँगै रास्वपा प्रवेश गर्ने च्याप्टर क्लोज भएको हो । सामाजिक सञ्जालमा चर्को विरोध भइरहँदा बालेनलाई रास्वपामा प्रवेश नै गराउन हुन्न भन्दै नेता तथा कार्यकर्ताहरुले अभियान चलाउन थालेका छन् । यसअघि रास्वपाले बालेन, कुलमान, गोपी हमाल लगायत विभिन्न नयाँ शक्तिहरुलाई पार्टीमा प्रवेश गराउनका लागि वार्ता गरेको थियो ।