8
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले प्रधानमन्त्री शाहको सम्बोधन आफूलाई ‘दृढ, सार्थक र जोडदार’ लागेको बताएका हुन् ।
उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थक नभए पनि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा नेपालको भावना प्रस्तुत गरेको भन्दै सम्बोधनप्रति समर्थन जनाएका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो । तर म रास्वपा हैन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरेँ ।’