54
काठमाडौं । बालेन साहको चुनाब प्रचार प्रसारको लागी अछाममा गएका बेला अचानक बेहोश भएर ढलेका पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पिडित थिए । अछाममा बेहोश भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । ४३ वर्षिय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाइभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।