बार्षिक ५ हजारमै 'सजिलो एटेन्डेन्स': सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज!

04 June, 2026 131 Views
बार्षिक ५ हजारमै 'सजिलो एटेन्डेन्स': सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज!
131

नेपालमा प्रविधिको विकाससँगै व्यवसायहरू डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका छन्। यसैबीच, साना तथा ठूला कम्पनीहरूको मानव संसाधन (HR) र कर्मचारीहरूको हाजिरी व्यवस्थापनलाई प्रविधिमैत्री, झन्झटरहित र व्यवस्थित बनाउन 'सजिलो एटेन्डेन्स' (www.sajiloattendance.com) बजारमा एउटा सस्तो र भरपर्दो विकल्पका रूपमा प्रस्तुत भएको छ।

विशेष गरी साना व्यवसाय, स्टार्टअपदेखि ठूला कर्पोरेट हाउसहरूलाई लक्षित गर्दै यो प्रणाली वार्षिक मात्र ५ हजार रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध गराइएको छ। यसले गर्दा भर्खरै सुरु भएका व्यवसायहरूले पनि ठूलो लगानी बिना नै अत्याधुनिक HR प्रविधिको फाइदा उठाउन सक्नेछन्।

"यसले व्यवसायको Progress Tracking लाई शतप्रतिशत पारदर्शी बनाउँछ" - दुर्गेश उपाध्याय
Sajilo Attendance का संचालक तथा डेभलपर दुर्गेश उपाध्यायका अनुसार यो सफ्टवेयर केवल हाजिरी राख्ने माध्यम मात्र नभएर Business Growth एउटा बलियो खम्बा हो।

आफ्नो उत्पादनबारे प्रष्ट पार्दै अर्का संचालक तथा डेभलपर रुद्र राजबंशी भन्नुहुन्छ: हामीले नेपाली बजार र यहाँका व्यवसायीहरूको आवश्यकतालाई बुझेर यो प्रणाली तयार पारेका हौं। 'सजिलो एटेन्डेन्स' को प्रयोगले व्यवसायको Proper Tracking सम्भव बनाउँछ। कुन कर्मचारी कुन प्रोजेक्ट वा लोकेशनमा कति समय एक्टिभ छन्, कुन शाखाको पर्फर्मेन्स कस्तो छ भन्ने कुराको रियल-टाइम डेटा बिजनेस अनर (मालिक) को हातमा हुन्छ। जबसम्म व्यवसायको हरेक पक्षको सही ट्र्याकिङ र मूल्याङ्कन हुँदैन, तबसम्म व्यापार बढाउन गाह्रो हुन्छ। हामीले यही समस्यालाई एकदमै किफायती मूल्यमा समाधान गरिदिएका छौं।

के हो 'सजिलो एटेन्डेन्स' र यसका मुख्य विशेषताहरू?
'सजिलो एटेन्डेन्स' एक क्लाउड-बेस्ड (Cloud-based) सफ्टवेयर र मोबाइल एप्लिकेसन हो, जसले पारम्परिक र झन्झटिलो हाजिरी खाता वा महँगो बायोमेट्रिक मेसिनको आवश्यकतालाई विस्थापित गरिदिन्छ।

  • Biometric Location Based Attendance: कर्मचारीहरूले कार्यालयको तोकिएको परिधिभित्र वा फिल्डमा पुगेर आफ्नो मोबाइलबाटै सुरक्षित रूपमा हाजिरी गर्न सक्छन्।
  • Real-Time Insights: कुन कर्मचारी कति बजे आए, को अनुपस्थित छन् वा कसले ढिलो गर्यो भन्ने विवरण म्यानेजर वा HR प्रमुखले जुनसुकै ठाउँबाट पनि एक क्लिकमा हेर्न सक्छन्।
  • Leave Management: कर्मचारीले एपबाटै बिदाको अनुरोध पठाउन सक्छन् भने म्यानेजरले तुरुन्तै स्वीकृत वा अस्वीकृत गर्न मिल्छ।
  • Multi-Branch Support: यदि कुनै कम्पनीका विभिन्न सहर वा स्थानमा शाखाहरू छन् भने, ती सबै शाखाका कर्मचारीहरूको हाजिरी एउटै सेन्ट्रलाइज्ड ड्यासबोर्डबाट व्यवस्थापन र ट्र्याक गर्न सकिन्छ।

सानादेखि ठूला व्यापारका लागि किन उपयोगी?

नेपालका धेरै साना तथा मझौला उद्योगहरू (SMEs) महँगो सफ्टवेयर खरिद गर्न असमर्थ हुन्छन्। तर वार्षिक ५ हजार रुपैयाँको बजेटमै उत्कृष्ट सुविधाहरू पाइने भएपछि रेस्टुरेन्ट, रिटेल शप, एजेन्सी, स्कुलदेखि कर्पोरेट कार्यालयहरूसम्म यसको लोकप्रियता बढ्दो छ।

यस प्रविधिले कम्पनी भित्र पारदर्शिता बढाउने, समयको बचत गर्ने र म्यानुअल इन्ट्री गर्दा हुने गल्तीहरूलाई पूर्ण रूपमा हटाउने दाबी कम्पनीले गरेको छ।

यदि तपाईं पनि आफ्नो व्यवसायको HR र एटेन्डेन्स प्रणालीलाई स्मार्ट र आधुनिक बनाउन चाहनुहुन्छ भने आजै www.sajiloattendance.com मा गएर यसको Free Demo बुक गर्न सक्नुहुन्छ।

Related Post