बर्दघाटमा यात्रुवाहक बस पल्टियो, ७ घाइते

12 October, 2026 116 Views
बर्दघाटमा यात्रुवाहक बस पल्टियो, ७ घाइते
116

 

काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना हुँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ मा सोमबार बिहान करिब ७:३० बजे सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए। घाइते सातै जनालाई उपचारका लागि चिसापानीस्थित बर्दघाट नगर अस्पताल पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ की ३० वर्षीया भगवती अवस्थी र ४८ वर्षीय धनञ्जय जोशी रहेका छन्।

त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का, गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय बसचालक इन्द्र वि.क. र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय सहचालक मोहन जोशी पनि घाइते भएका छन्।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

Related Post