बर्दियामा गोली हानी युवकको हत्या गरेको आरोपमा पुर्वमुख्यमन्त्रीको भाइ पेस्तोल पक्राउ

11 December, 2025 113 Views
बर्दियामा गोली हानी युवकको हत्या गरेको आरोपमा पुर्वमुख्यमन्त्रीको भाइ पेस्तोल पक्राउ
113

दाङ । बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी पक्राउ परेका छन् । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ हुन् । 

उनलाई कैलालीको पैलारी गाउँपालिका-५ बाट आज बिहान ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । उनका अनुसार हत्यामा प्रयोग भएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ ।

महावीरले यही मंसिर १९ गते बिहानै बर्दियाको राजापुर-४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्ने २७ वर्षीय चौधरीलाई गोली हानी हत्या गरेका थिए ।

 

Related Post